सशस्त्रका सहायक हवल्दार ससुरालीमा मृत फेला


 


धनगढी, फागुन २१ । दार्चुलामा सशस्त्र प्रहरीका सहायक हवल्दार मृत फेला परेका छन् ।

कञ्चनपुरको सशस्त्र प्रहरी बल बिओपी बह्रदेवमा कार्यरत अपिहिमाल गाउँपालिका–२ मा बैतडीको पुर्चौडी नगरपालिका–३ का ३० वर्षीय सुरेन्द्रबहादुर बोहरा दार्चुलामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी शिवबहादुर सिंहका अनुसार उनी तीन दिनअघि मात्रै ससुराली घर गएका थिए । ससुराली घरबाट करिब एक सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।

मृतक बोहराकी श्रीमती जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा कार्यरत छिन‍् । उनका एक छोरा र एक छोरी छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्