नवनियुक्त तीन मन्त्रीले लिए शपथ


 


काठमाडौँ, फागुन २१ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।

सितल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई सपथ गराएका हुन् ।

उनीहरुलाई अहिले बिना विभागीय मन्त्ती बनाइएको छ । तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्