सशस्त्रका डिएसपी बस्याल कार्यालयमै मृत फेला


 


विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत फेला परेका छन् । उनी सोमवार दिउँसो कार्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

धनपालथान गाउँपालिका ३ मा रहेको आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् ।

डिएसपी बस्याललाई केहीबेरअघि कार्यालयभित्रै मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी चन्द्र कुवेर खापुङले जानकारी दिए।

पारिवारिक समस्याका कारण बस्यालले आत्महत्या गरेको हुन सक्ने सुरक्षा निकायको अनुमान रहेको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्