नवलपरासीबाट अवैध चिनी र केराउ बरामद


 


नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिका १ बरुवमा रहेको एक अवैध गोदाममा छापा मारेर सशस्त्र प्रहरीले ठूलो मात्रामा चिनी र केराउ बरामद गरेको छ।

सोमबार साँझ छापा सुरु गरिएकोमा करिब २ हजार बोरा चिनी र केराउ बरामद भएको हो।

भारतबाट अवैध रूपमा सानो परिमाणमा ल्याएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेको कमान्डमा गएको ६० जनाभन्दा बढीको फौजले उक्त गोदाममा छापा मारेको हो।

२ सय बोराभन्दा बढी चिनी र १ हजार ७ सय बोराभन्दा बढी केराउ फेला परेको छ। स्थानीय श्याम भनिने ज्ञानु अर्यालको घर पछाडी करिब ५० फिट लम्बाइ र ३० फिट चौडाइको टिनको गोदाममा लुकाइराखेको अबास्थामा चिनी र केराउ बरामद भएको हो।

सो गोदाम अर्यालले भाडामा लगाएको भने पनि भाडामा लिने व्यक्तिको पहिचान हुन नसकेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार ती छापामारीका सामान ३० र ५० किलोको बोरामा छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्