कर्णाली सरकारबाट कांग्रेसका तीन मन्त्रीले राजीनामा दिंदै


 


सुर्खेत, फागुन २२ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिने भएका छन् ।

आज दिउँसो मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले जानकारी दिए ।

८ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन जना मन्त्री छन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्