एमाले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल


 


काठमाडौँ, फागुन २२ । नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ ।

सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँहरुलाई आज उक्त जिम्मेवारी दिनुभएको हो ।

यसअघि प्रमुख सचेतक रहनुभएका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य हुनुभएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाउनुभएको हो ।

सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुनुहुन्छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्