राप्रपाका नेता श्रेष्ठ पार्टी कार्यालयमै कुटिए


 


काठमाडौँ, फागुन २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठ पार्टी केन्द्रीय कार्यालयमै कुटिएका छन् ।

धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा भएको कार्यासम्पादन समितिको बैठकबाट बहिरिँदै गर्दा उनीमाथि कुटपिट भएको हो । उनीमाथि भएको कुटपिटको भिडियो अहिले सार्वजनिक समेभ भएको छ ।

उनलाई कसले र किन कुटपिट गरे भन्ने कुनै कारण खुलेको छैन । कुटाकुटपछि अध्यक्षल गायतका नेताहरुबिच पार्टी कार्यालयमा छलफल सुरु भएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्