इलाम-२ को उपनिर्वाचनमा सुभाष नेम्वाङका छोरासहित ६ जना आकाक्षी


 


विराटनगर, फागुन २७ । इलामको निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि नेकपा एमालेका ६ जनाले निवेदन दिएका छन् ।

उम्मेदवार बन्नका लागि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित रविन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई हुन् ।

आकांक्षीलाई निवेदन दिनका लागि आज (आइतबार) साँझसम्मको समयसीमा दिएको छ ।

उक्त समयसीमासम्म निवेदन पर्खिने र भोलि बैठक बसेर सर्वसम्मत बनाउने प्रयास गर्ने समितिका सचिव उमेश गुरुङले बताए । सहमति नजुटे ३ गते जिल्लाको सचिवालयको बैठकमा पेस गर्ने र ५ गतेसम्ममा केन्द्रीय समितिमा पठाइसक्ने तयारी गरिएको उनले बताए ।

गत भदौ २६ गते सुवास नेम्वाङको निधन भएसँगै उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन आगामी वैशाख १५ गतेका लागि तोकिएको छ ।  

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्