प्रधानसेनापतिसँग चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखको भेट


 


काठमाडौँ, २७ फागुन । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालको भ्रमणमा रहनुभएका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनले जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुले दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्ष एवं आपसी चासोका विषयमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शनिबारदेखि नेपाल भ्रमणमा रहेको उपप्रमुख पाकुन नेतृत्वको छसदस्यीय टोलीले काठमाडौँ, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीयस्थलको भ्रमण गर्ने कार्यक्रम छ । चारदिवसीय भ्रमणका लागि नेपाल आएको उक्त टोली यही फागुन २९ गते स्वदेश फर्कनेछ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्