रूसी सेनामा गएका नेपालीले उद्धारका लागि गुहारे भारत सरकार, भने – नेपालबाट केही हुन सकेन

काठमाडौं । रूसी सेनामा भर्ना भएका पाँच जना नेपाली युवाले उद्धारका लागि भारत सरकारसँग अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश सार्वजनिक गर्दै उनीहरुले नेपाल सरकारले उद्धार गर्न नसकेको भन्दै त्यहाँबाट निकालिदिन भारत सरकारसँग अनुरोध गरेका हुन् ।
आफूहरूलाई स्वदेश फिर्ता गर्न नेपाल सरकारबाट कुनै सहयोग नभएको र नेपाली राजदूतावासले पनि चासो नदिएको उनीहरुको आरोप छ ।
उनीहरूले हिन्दी भाषामा भिडिओ सार्वजनिक गर्दै भनेका छन्, ‘हाम्रो नेपालबाट केही पनि भइरहेको छैन । यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं । नेपाल र भारतबीच राम्रो सम्बन्ध छ। भारत र भारतीय दूतावास शक्तिशाली छ। यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं।’
आफूसँगै रहेका तीन भारतीय नागरिकहरूलाई भारत सरकारले फिर्ता लगेपछि आफूहरुलाई पनि त्यहाँबाट निकालिदिन नेपाली युवाहरुले भारत सरकारसँग गुहार मागेका हुन् ।
उनीहरुले आफूहरु पहिले ३० जना रहेको र अब पाँच जना मात्र बाँकी भएकोसमेत जानकारी दिए । कसलाई कता पठाए कोही गम्भीर घाइते भएका छन् उनीहरुले भिडिओ सन्देशमा भनेका छन् ।
Nepali men stuck in #Russia appeal to the Indian government to rescue them, as their plea to Nepalese government has gone in vain. They were scammed by travel agents who sent them to Russia on the pretext of a helper job with Russian Army. @MEAIndia @IndiaInNepal @PM_nepal_ pic.twitter.com/hfFsLHR1lJ
— Shalu Yadav (@StoriesByShalu) March 10, 2024
प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार