झापाको प्लाइ उद्योगमा भीषण आगलागी, आगो निभाउन १० वटा दमकल प्रयोग


 


झापा । झापाको भगवती लेमिनेट्स प्रा.लिमा भीषण आगलागी भएको छ ।

मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजे आगलागी भएको हो ।

प्रहरीका अनुसार अहिलेसम्म पनि सो आगलागी नियन्त्रणमा आएको छैन ।

आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

अहिले भित्रि भागमा आगो बलिरहेको छ। सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत छन् ।

आगलागी भएको तीन घन्टा हुँदा पनि आगो नियन्त्रणमा आउन सकेको छैन भने आगलागीको कारण पनि खुलेको छैन ।

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्