राष्ट्रिय सभाको निर्वाचन अघि गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता


 


काठमाडौं, फागुन २९ । सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रिय सभाको निर्वाचनका साथै प्रधानमन्त्रीले लिने विश्वासको मतका सम्बन्धमा समेत छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डले भोलि बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।

राष्ट्रिय सभाको निर्वाचन अहिले ११ बजेर ९ मिनेटपछि बस्ने सभाको बैठकमा हुँदैछ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्