राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित


 


काठमाडौं, फागुन २९ । राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् ।

दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए ।

सत्ता गठबन्धन दलका उम्मेदवार दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो ।

कांग्रेसका शर्मालाई लोसपाले पनि साथ दिएको थियो। यसअघि शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । उक्त प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत आएको थियो ।

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्