यस्तो छ सरकार र आरतीको परिवारबीच भएको पाँचबुँदे सहमति [सूचीसहित]


 


काठमाडौं । आरती साहको परिवारसँग गृह मन्त्रालयले पाँचबुँदे सहमति गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा हिजो सरकारी पक्ष र आरती साहका पक्षबीच पाँच बुँदे सहमति भएको हो ।

अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरेर प्राप्त हुने थप प्रमाणलाई अदालतमा पेस गर्ने गरी थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने सहमति भएको छ ।

सहमतिमा अनुसन्धान टोलीले परिवारसँग समन्वय गरेर अनुसन्धान गर्ने र काम शुरु गरेको ४५ दिनभित्र ४ वटा विषयमा जाँच गर्ने भनिएको छ ।

सहमतिसँगै आरतीको परिवारको तर्फबाट भइरहेको आन्दोलन फिर्ता भएको छ ।

जनकपुरकी २२ वर्षीया आरती साहको गत जेठ ७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।

प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्