विवादास्पद व्यक्तिलाई मन्त्री बनाइएको भन्दै कांग्रेसको आपत्ति


 


काठमाडौं, फागुन ३० । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले विवादास्पद छवि भएका व्यक्तिलाई मन्त्ति बनाइउको भन्दै सभामुखको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको आजको बैठकको प्रारम्भमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा विवादास्पद छवि भएका व्यक्तिलाई कारबाही गर्नुको साटो मन्त्री नियुक्त गरेर पुरस्कृत गरेको आरोप लगाइन् ।

उनले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय र उनका परिवारका सदस्य सुन तस्करीमा संलग्न भएको देखिएको अवस्थामा कुनै कारबाही नभएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

सचेतक थिङले यी सबै विषयमा छलफल नगरी सदन प्रभावकारी रुपमा सञ्चालन हुन नसक्ने बताइन् ।

प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्