काँग्रेसप्रति वाग्लेको ब्यंग्य– प्रधानमन्त्री बनाइदेलान् भनेर भागी हिँड्नुपरेको छ


 


काठमाडौँ, फागुन ३० । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको बताएका छन् ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै उनले यस्तो खुलासा गरेका शुन् ।

उनले काँग्रेसले प्रधानमन्त्री बनाइदिन्छन् कि भनेर भागीभागी हिँड्नुपरेको भन्द्यै कांग्रेसप्रति ब्यंग्य समेत गरे ।

उनले भने, ‘यहाँ डर छ, भागिभागी हिँडिएको छ, च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपर्‍या छ ।’

प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्