प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत


 


काठमाडौँ, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेका हुन् ।

उनले १५७ मत प्राप्त गरेका छन् भने विपक्षमा ११० जनाले मतदान गरेका छन् । मत दिन्न भन्ने पक्ष्ँमा एक मत परेको छ । मतदानमा २६८ जना सांसदहरु उपस्थिति थिए ।

प्रधानमन्त्री प्रचण्डले यो कार्यकालमा तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् । अहिले कांग्रेससहितको गठबन्धन तोडी एमालेसहितका दलसँगको नयाँ गठबन्धन बनेसँगै उनले पुनः विश्वासको मत लिनुपरेको हो ।

प्रधानमन्त्री दाहालले यही फागुन २१ गते नयाँ सत्तागठबन्धन बनाएपछि उनलाई समर्थन गरेको दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत १ गते ११ बजे बस्नेछ ।

प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्