सुन तस्करीबारे गठित छानबिन आयोगले बुझायो प्रतिवेदन


 


काठमाडौं, चैत १ । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।

आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले गृह मन्त्रालयमा पुगेर बिहीबार प्रतिवेदन बुझाएको जानकारी दिए ।

आयोगले सुन तस्करीमा संलग्नहरुसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषण लगायत गरेर केही महत्वपूर्ण सिफारिसहरु सरकारलाई गरेको आचार्यले बताए ।

विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागि रहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।

पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा बनेको आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्