शुक्रबार हतुवागढीमा शोक बिदा


 



भोजपुर, १ चैत । उदयपुरको मैनामैनीमा भएको जिप दुर्घटनामा मृत्यु भएकाहरू प्रति श्रद्धान्जली दिदै हतुवागढी गाउँपालिकाले चैत २ गते शुक्रबार शोक बिदा दिएको छ ।
हतुवागढीका अध्यक्ष प्रेम कुमार राईले शोक बक्तव्य जारी गर्दै शोक विदा दिएका छन् । राइद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘दुर्घटनामा ज्यान गुमाउने अधिकांस हतुवागढीबासी रहेकाले सो दुःखद घटनाप्रति शोक व्यक्त गर्दै शुक्रबार हतुवागढी गाउँपालिकामा शोक बिदा दिने निर्णय गरिएको छ ।’
धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को १ ज २५९३ नम्बरको जिप बिहिबार बिहान १०ः३० बजेतिर उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो । दुर्घटनामा ८ जनाको ज्यान गयो भने एकदर्जनबढी घाइतेछन् । घाइतेको धरानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्