कांग्रेस सांसदहरुले बेल घेर्दै नाराबाजी गरेपछि प्रतिनिधि सभा बैठक स्थगित


 


काठमाडौं, चैत २ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीपछि प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ ।
कांग्रेस सांसदहरुले वेल घेर्दै नाराबाजी गरेपछि शुक्रबार दिउँसो दोस्रोपटक बसेको बैठक सभामुख घिमिरेले स्थगित गरेको हुन् ।

सुरुमा काँग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । दोस्रो बैठकमा सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए ।

लगत्तै कांग्रेस सांसदहरू वेलतर्फ अघि बढेका थिए । उनीहरूले ुसहकारी पीडितलाई न्याय देु भन्दै नाराबाजी गरेका थिए । साथै उनीहरूले गृहमन्त्रीको राजीनामा पनि मागेका थिए ।

कांग्रेस सांसदहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएकोले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले जबाफ दिनुपर्ने माग गरिरहेका छन् ।

सभामुख घिमिरेले आजको कार्यसूचीको बाँकी कार्यक्रम सूचीबाट हटाउँदै अर्को बैठक चैत ४ गते बिहान ११ बजे बस्नेगरिर बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्