बाबुराम नेतृत्वको नेसपा फुट्यो, महिन्द्र राय समूह अलग


 


काठमाडौं, चैत ३ । बाबुराम भट्टराई नेतृत्वको पार्टी जनता समाजवादी पार्टी (जसपा) फुटेको छ ।

नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर अलग भएको हो । राय सम२हले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति समेत गरेको छ ।

माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ । साथै, पार्टी एकताका लागि कार्यदल पनि गठन गरेको छ ।

कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव छन् ।

प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्