जनमत पार्टीको बैठक वीरगन्जमा, यस्ता छन् एजेण्डा


 


काठमाडौँ, चैत ३ । जनमत पार्टीको केन्द्रीय समिति बैठक वीरगन्जमा सुरु भएको छ ।

बैठकमा विशेषगरि नौलो गणतन्त्रका लागि आन्दोलनको आवश्यकतालगायतका बारेमा छलपल भइरहेको छ ।

नौलो गणतन्त्रको बारेमा सो पार्टीका अध्यक्ष डा।सिके राउतले राजनीति प्रतिवेदन प्रस्तुत गर्नेछन् र सोही प्रतिवेदनमाथि छलफल गरी निष्कर्षमा पुग्ने उनले बताए ।

पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले आगामी आन्दोलन, संगठन विस्तार, संगठन सुदृढीकरण, वडा अधिवेशन लगायतका विषयमा पनि छलफल हुने बताए ।

साथै बैठकमा अहिलेको वर्तमान सरकार तथा गठबन्धनको बारेमा पनि समीक्षा गर्ने बताइएको छ । जनमत पार्टीले देशभर वडा समितिको अधिवेशन सम्पन्न गरिसकेको छ ।

जनमत पार्टी वर्तमान गठबन्धन र सरकारमा सहभागी भएको छैन ।

प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्