रंगेलीमा आगलागी २२ घर जले


 


उर्लाबारी, ३ चैत । मोरङको रंगेली– ३ मा शनिबार दिउँसो भीषण आगलागी हुँदा २२ घर जलेर नष्ट भएको छ।
रंगेली –३ बाबुसाहेवटोलमा रहेको सन्थाल बस्तीमा आगलागी भएको हो ।

दिउँसो अढाई बजेतिर सुरु भएको आगलागी नियन्त्रण्मा आउन साझसम्म लाग्यो । सन्थाल समुदायका बाक्ला घर भए ठाउँमा पश्चिमबाट हावा लागिरहेकोले आगो समयमा नियन्त्रण लिन समस्या भएको थियो ।


कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहहरैंचा नगरपालिका र विराटनगर महानगरका वारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको वडा अध्यक्ष भरत प्रसाईंले बताए । क्षति विवरण तयार नभएको वडाध्यक्ष प्रसाईंको भनाइ छ। मानवीय र पशु चौपायमा क्षति भएको छैन्।

प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्