Deshko News
१३ आश्विन २०८०, शनिबार

भाेजपुर–काठमाडाैं सम्पर्क मञ्चले रक्तदान कार्यक्रम अायाेजना गर्दे



काठमाडौं, पुस १६
नेकपा (एमाले) भोजपुर-काठमाडौं सम्पर्क मञ्चले वृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रत्येक बर्षझै याे पनि मञ्चले “रक्तदान जीवनदान” भन्ने नारा सहित यही पुस २३ गते कार्यक्रमको आयोजना गर्न लागेको हो ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पसमा हुने कार्यक्रममा सम्पूर्ण भोजपुरे लगायत सर्बसाधारणमा सहभागी हुन मञ्चले अनुराेध गरेको छ। मञ्चले निरन्तर आयोजना गर्ने कार्यक्रम मध्ये यो रक्तदान प्रमुख कार्यक्रम रहेकाे मञ्चका अध्यक्ष रेजिन श्रेष्ठले बताए।

नेपाल रक्तसंचार केन्द्रको ब्लड बैङ्कमा अत्यावश्यकिय रगतको कमी हुन नदिन कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक सुदीप अधिकारीले बताए। एक अध्ययन अनुसार नेपालमा वर्षेनी करीब तीन लाख युनिट रगत चाहिन्छ तर प्राय: रगत अभाब हुने गरेका समाचार आइरहने गरेका छन्।

अधिक रक्तस्रावका बिरामी, प्रसूति, मुटु–मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ। जटिल खालको शल्यक्रिया बढिरहेको नेपालमा रगतको अभाव हुँदा अपरेशन नै सारिरहनुपर्ने अवस्था आउने गरेको छ। सडक दुर्घटना पनि अत्यधिक बढेका छन्।

रक्तदान विधि

आधुनिक चिकित्सा विज्ञानले धेरै प्रगति गरे पनि कृत्रिम तरीकाले रगत बनाउने सूत्र फेला पारेको छैन। त्यसैले, कसैलाई रगत चाहिएको वेला अर्को व्यक्तिले रक्तदान गर्नु एक मात्र विकल्प भएको छ। मानव शरीरमा पुरानो रगतको क्षय प्रक्रिया लगातार चलिरहने हुनाले खेर जाने रगत नियमित दान गर्दा केही पनि हानि हुँदैन।

ख्याल गर्नुपर्ने कुरा के मात्र हो भने, रक्तदान गर्नेको उमेर १८–६० वर्ष बीचमा र तौल ४५ किलोभन्दा माथि हुनुपर्छ। साथै मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय, यौनरोग तथा एचआईभी/एड्स नलागेको हुनुपर्छ।

गर्भवती र महीनावारीको समयमा रक्तदान गर्नुहुँदैन। महिलाले सुत्केरी भएको ६ महीनापछि रक्तदान गर्नुपर्छ। रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन।

रक्तदानको २४ घन्टा अघि र पछि रक्सी वा अन्य लागूपदार्थ सेवन गर्नुहुँदैन। रगत दिइसकेपछि ताजा खाजा र जूस ख्वाउने राम्रो चलन छँदैछ। झोलयुक्त पौष्टिक खानेकुरा खाँदा रक्तदानपछि थकाइ पनि लाग्दैन। रक्तदानबाट रक्त अल्पता हुन्छ भन्ने कुरा पनि भ्रम मात्र हो। तीन महीनाको फरकमा रक्तदान गर्दा राम्रो हुन्छ।

प्रकाशित मिति: १६ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News