पोखरा जाँदै गरेको बस चितवनमा रोकिराखेको ट्रकसँग ठोक्किँदा एक जनाको मृत्यु


 


चितवन । चितवन–नारायणगढ मुग्लिन सडकको जलबिरेमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बस चक्का पंचर भई बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकमा ठोक्किँएको हो ।

इच्छाकामना ६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा सो दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दास रहेका छन् । अन्य चारजना घाइते छन् । जसमध्ये तीनजनाको अवस्था मध्यम र एकजना सामान्य छ ।

बस चालक नवलपरासी (सुस्तापुर्व) कावासोती १४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्