जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन


 


काठमाडौं, चैत ४ । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ ।

उनको काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा ६० वर्षको उमेरमा निधन भएको हो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।

सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी हाल जसपाको पोलिटब्युरो सदस्य थिइन् ।

२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुआत गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्