सुन तस्करी प्रकरण : महरासहितका आरोपीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन


 


काठमाडौँ, चैत ४ । सुन तस्करीबारे छानविन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।

आइतबार मन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।

मन्त्रालयमा भएको छलफलमा मन्त्री लामिछानेले माओबादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पनि सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्