प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित


 


काठमाडौँ, तैत ४ । आइतबारको प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनपछि बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भइको हो । अर्को बैठक सोमबार ११ बजे बस्नेछ ।

जसपा सांसद शर्मा अन्सारीको उपचारको क्रममा आइतबार बिहान मिनभवनस्थित सिभिल अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको थियो । उनको जन्म २०२० साल माघ १९ गते भएको थियो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य चयन भएकी थिइन् ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्