सुष्मा लामा हत्या आरोपमा काठमाडौंबाट एक युवक पक्राउ


 


काठमाडौं, चैत ४ । सुष्मा लामाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ की १८ सुष्मा लामाको हत्या आरोपमा सोही ठाउँका २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरमाथि शिवपुरी राष्‍ट्रिय निकुञ्ज जंगलमा गाडेको अवस्थामा सुष्माको शव फेला परेको थियो ।

शरीरको भाग गाडिएको र हात मात्रै देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले फागुन २५ गते शव खाल्डोबाट निकालेको थियो।

उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन्। उनी हराएको भन्दै आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए ।

प्रहरीका अनुसार रूपेन्द्रले सुष्मासँग आफ्नो एकतर्फी प्रेम रहेको बयान दिएका छन् ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्