नेसपा केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु, महिन्द्र पक्षद्वारा बहिष्कार


 


काठमाडौँ, चैत ४ । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु आइतबार केन्द्रीय कार्यालय तीनकुनेमा बैठक सुरु भएको छ ।

२४ जना कार्यकारिणी सदस्य रहेको नेसपामा १८ जना सहभागी भएको कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार बाँकी तीन जना बाहिर जिल्लाबाट आउँदैछन् ।

अर्का अध्यक्ष महिन्द्र राययादव पक्षले भने बैठक बहिष्कार गरेका छन् । आफूहरूलाई थाहै नदिई बैठक बोलाएको भन्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन् ।

यता आफूहरूलाई थाह नै नदिई शनिबार माओवादी केन्द्र र महिन्द्र पक्षले एकता गर्ने निर्णय गरेपछि अध्यक्ष बाबुराम आक्रोशित भएका छन् ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्