बागमतीमा माैकामा चाैका हान्न खाेज्दै दुई सिटे दल, मुख्यमन्त्रीमा दाबी


 


काठमाडौं, चैत ४ । बागमती प्रदेश सभामा दुई सिट जितेको हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीमा दाबी गरेको छ ।

११० सदस्यीय रहेको प्रदे्सभामा उक्त पार्टीले मुख्यमन्त्रीमा दाबी गरेको हो । यो पार्टीले देशभरमै बागमती प्रदेश सभामा मात्रै प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ १ गरी जम्मा २ सिट जितेको छ ।

केन्द्रमा सत्ता समीकरण फेरबदलसँगै बागमती प्रदेशमा पनि गठबन्धन फेर्ने प्रयास भइरहेको छ । यहाँ सत्तारुढ दलहरूलाई सरकार बनाउन कम्तिमा ५६ सांसद्‌को समर्थन आवश्यक छ ।

केन्द्रीय सत्ता गठबन्धनका दलमध्ये एमालेको २७, माओवादी केन्द्रको २१ र नेकपा (एकीकृत समाजवादी)को ७ गरी जम्मा ५५ सांसद छन्‌ । हाम्रो नेपाली पार्टीले समर्थन दिए सामान्य बहुमतका आधारमा सत्ता गठबन्धनकै सरकार बन्छ ।

यही मौकामा हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीमा दाबी गरेको हो । उसले नत्र कुनै पनि गठबन्धनलाई समर्थन नगर्ने जनाउँदै विज्ञप्ति जारी गरेको छ ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्