ज्ञवालीलाई सीआईबी प्रमुख बनाउनु शंकास्पद : सांसद शाह


 


काठमाडौं, चैत ५ । नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले सरकारले श्याम ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० प्रमुख बनाउनु शंकास्पद रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जीवन चलायनउे र ज्ञवालीबीच दुई करोड लेनदेनको विपाष् सार्वजनिक हुँदाहुँदै उनैलाई नै सीआईबीच प्रमुख बनाउन शंकास्पद रहेको बताए ।

‘सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र हाल सरकारले नियुक्त गरेका सीआईबी प्रमुख श्याम ज्ञवालीका बीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको थाहा हुँदाहुँदै सरकारले सीआईबी प्रमुख श्याम ज्ञवालीलाई बनाउनुमा शंकास्पद छ’, उनले भने ।

उनले यस्तोमा निश्पक्ष छानविन हुन नसक्ने भन्दै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसमेत गरे ।

यही चैत २ गते बसेको प्रतिनिधि सभाको बैठकले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गरेर उनको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई लैजाने निर्णय गरेको थियो ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्