राप्रपाका तीन नेता कारबाहीको निर्णयविरुद्ध सङ्घर्षमा


 


काठमाडौँ, चैत ५ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट अनुशासनको कारबाहीमा परेका तीन नेताहरूले आफूहरुमाथि भएको अन्यायपूर्ण निर्णयविरुद्ध संघर्ष गर्ने बताएका छन् ।

सहायक महामन्त्री प्रेम बलायर, काठमाडौँ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष ऋद्धि प्रताप राणा र युवक संगठनका सदस्यसचिव निराजन बमले सोमबार एक सार्वजनिक अपिल जारी गर्दै यस्तो बताएका हुन् ।

उनीहरुले आफूहरूलाई पार्टीले निलम्बन गरेको घटनाबाट आश्चर्यचकित भएको समेत बताएका छन् । २६ गते घटेको घटना प्रति आफूहरुपनि चिन्तित रहेका जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यो अन्यायपूर्ण निर्णयको विरुद्ध हामी प्राण रहेसम्म सङ्घर्ष गर्नेछौँ ।’

पार्टीका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको भन्दै अनुशासन समितिको सिफारिसमा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई निलम्बनको निर्णय गरेका थिए ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्