‘अध्यात्मले मानिसलाई उद्देश्य मुलक जीवन बाँच्न सहयोग पुग्छ’– प्रधानमन्त्री प्रचण्ड


 



काठमाडौं ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यात्मले मानिसलाई उद्देश्य मुलक जीवन बाँच्न सहयोग पुग्ने बताउनुभएको छ ।
विराट चक्र विज्ञान कार्यक्रमबारे जानकारी गराउँन सोमबार बालुवाटारमा पुगेका जीवन विज्ञानका पदाधिकारीसंग प्रधानमन्त्री प्रचण्डले मानिसलाई उद्देश्य मुलक जीवन बाँच्न सिकाउने जीवन विज्ञान अध्यात्मको मौलिक संस्था रहेको पाएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो ‘मैले जीवन विज्ञानका कार्यक्रम र गतिविधि हरेरिरहेको छु । नेपालीपन र परिवेश अनुसार परिभाषा र प्रयोग गरी निःस्वार्थ काम गरेको पाएँ । आफ्नै मौलिक संस्था भएकाले यसलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।’
अध्यात्मले मानिसको जीवनलाई सहज बनाउने भन्दै निःस्वार्थ सेवा गर्ने यस्ता संस्थालाई राज्यले सहयोग गर्ने उहाँको भनाइ छ ।
भेटमा प्रधानमन्त्रीसँगै रहनु भएका पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जीवन विज्ञान कुनै धर्म र सम्प्रदाय भन्दा माथि वैज्ञानिक अध्यात्ममा काम गरिरहेको बताउनुभएको थियो । आफु गृहमन्त्री हुँदा स्वजागरण अभियान सञ्चालनका लागि जीवन विज्ञानसँग सहकार्य गरेको उहाँले बताउनुभयो ।
भेटमा जीवन विज्ञानका संस्थापक तथा जीवन विकास विशेषज्ञ एल पि भानु शर्माले मानिसमा अध्यात्मिक जागरण ल्याउन २०८० चैत १७ गतेदेखि २३ गतेसम्म बुद्ध जन्मस्थल लुम्बिनीमा ‘विराट चक्र विज्ञान’को आयोजना गरिएको जानकारी दिनुभयो । विराट चक्र विज्ञान मानिसमा रुपान्तरको अभियान भएको र यसले आध्यात्मिक पर्यटकको केन्द्र बनाउन मद्दत गर्ने भएकाले यसको नेतृत्व लिइ राज्यको अभियान बनाउँन आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्