नेसपाले खोस्यो महिन्द्र राय यादवसहितका नेताहरूको जिम्मेवारी


 


काठमाडौं, चैत ६ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले अर्का अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको छ ।

काठमाडौंको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्न हस्ताक्षर गर्नेहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको हो ।

पार्टीलाई अमुक पार्टीमा विलय गराउने दुषित नियतले वक्तव्यबाजी गर्ने व्यक्तिहरूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय भएको पार्टी केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेले बताए ।

गत शनिबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु सहित माओवादी पदाधिकारीहरू र नेसपा अर्का अध्यक्ष यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठको उपस्थितिमा नेसपा र माओवादीबीच एकता गर्ने सहमति भएको थियो।

माओवादीसँग पार्टी एकता गर्ने यो सहमतिमा अध्यक्ष भट्टराई पक्षले विमति राख्दै आएको थियो।

नेसपाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाएपछि अध्यक्ष यादव पक्षले पनि केन्द्रीय समिति बैठक बोलाएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्