कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौँ, चैत ६ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले माघ २२ गते बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र माओवादी विद्यार्थी दीपेश पुन सहित १८ विरुद्ध उजुरी दिएको उनको भनाई छ ।
उनले यही मुद्दामा दीपेश पुन गिरफ्तार भए पनि रवि लामिछानेले ठ२लो पद पाएको भन्दै उनले राजीनामा दिनुको विकल्प नभएको बताए ।
तत्कालीन गृहमन्त्रीले यस विषयमा अनुसन्धान निर्देशन दिए पनि सत्ता समीकरण बदलिएपछि अहिले जोविरुद्ध अनुसन्धान गर्नुपर्ने हो त्यही व्यक्ति गृहमन्त्री बनेको गिरीले आरोप लगाए ।
प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलबार