कांग्रेसले आज पनि संसद् अवरोध गर्ने

काठमाडौँ, चैत ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने भएको छ ।
सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएको लिँदै आएको छ । सोही अडान राख्दै काँग्रेसले आज पनि बैठक अवरुद्ध पार्न लागेको हो ।
कांग्रेसकै मागबमोजिम मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा जवाफ दिएपनि कांग्रेसले अडान छोडेको छैन ।
काँग्रेसले सहकारी ठगीको आरेप लागेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखका रुपमा कार्य गर्न नमिल्ने अडान लिँदै आएको छ ।
गृहमन्त्री लामिछानेविरुद्ध सहकारीको पैसा अपचलन गरेको विषयमा पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए । लामिछानेले भने आफूले त्यस्तो ऋण नलिएको दाबी गरेका थिए । तर छानबिन प्रतिवेदनहरूले भने लामिछानेले सहकारीको पैसा अपचलन गरेको देखिएको छ ।
प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार