सुन तस्करी प्रकरण : प्रहरी अधिकृतहरुलाई कारबाही गर्न समिति गठन


 


काठमाडौँ, चैत ११ । सुन तस्करी प्रकरणमा त्रुटिप२र्ण अनुसन्धन गर्ने प्रहरी अधिृकतहरुलाई विभागीय कारबाही गर्न समिति गठन गरिएको छ ।

सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति गठन गरेका हुन् ।

समितिमा डीआईजी भिम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य छन् । समिति कस्तो विभागीय कारबाही गर्ने भन्नेबारे समितिले निर्णय गर्ने बताइएको छ ।

डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीहरु रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति: ११ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्