अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु


 


काठमाडौं, चैत १२ । अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान मेल्लेख गाउँपालिका— ७ सुयेडीमा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।
 

मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् । 

घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको छ । ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्