कांग्रेसको प्रमुख सचेतकमा रोकाया


 


काठमाडौँ, चैत १२ । नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायालाई मनोनयन गरेको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गर्नुभएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । रोकाय कर्णाली प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको हो ।  

प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्