होली मनाएर रमाइलो गर्दै कर्णाली पुलबाट हाम फालेका शाहीको खोजी कार्य जारी


 


कैलाली । चिसापानीस्थित कर्णाली पुलबाट सोमबार नदीमा हामफाल्दा बेपत्ता युवाको खोजी कार्य जारी रहेको छ ।

हिजो बेलुका होली मनाएर रमाइलो गर्दै कर्णाली पुलबाट नदीमा फाल हानेका १७ जना युवामध्ये एकजना बेपत्ता भएका थिए । कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका हुन् ।

पुलमा ड्युटीमा रहेका प्रहरीलाई एकछिन फोटो खिचेर आउँछौ भन्दै गएका युवाहरु एकपछि अर्को गरी क्रमशः हाम फालेका थिए ।

कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखीका शाही चिसापानीमा व्यवसाय गर्दै आएका थिए । आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेको कैलाली प्रहरीले जनाएको छ । गोताखोर टोली पनि परिचालन गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्