मूर्ति चोरी गरेको आरोपमा एक जना पक्राउ


 


धादिङ, चैत १३ । थाक्रे गाउँपालिका-६ महादेव बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट मुर्ति चोरी गरेको आरापेमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मन्दिरबाट राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको अभियोगमा सोही गाउँपालिका-३ मल्डुङ बस्ने ३८ वर्षीय सिताराम घिमिरेलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

घिमिरेले उक्त मन्दिरबाट मूर्ति चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित आग्रा खोलाबाट उक्त मूर्तिसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्