आईजीपी कुँवर भन्छन् – जीवन चलाउनेका अभिव्यक्तिलाई तथ्यका रुपमा लिन सकिँदैन


 


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले सुन तस्करी प्रकरणका फरार आरोपी जीवन चलाउनेले मिडियाहरुमा दिएका अभिव्यक्तिलाई तथ्यका रुपमा लिन नसकिने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले सञ्चारमाध्यममा सार्वजनिक भएका चलाउनेका अभिव्यक्तिलाई तथ्यका रुपमा मान्न नसकिने बताएका हुन् ।

उनले चलाउने पक्राउ नपरेसम्म उनको कुरालाई तथ्यका रुपमा लिन नसकिने बताए।

चलाउनेले सुन प्रकरण अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले पैसा मागेको तर, नपाएपछि आफूलाई प्रतिवादी बनाएको अडियो र भिडियो सार्वजनिक गरेका थिए ।

सुन तस्करीबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको जाँचका क्रममा चलाउनेलाई सीआईबीले बयान लिएर समेत छाडेको पाइएको थियो ।

यसमा संलग्न भएको आरोपमा सीआईबीकी निवर्तमान प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवर पनि कारवाहीस्वरुप हेडक्वाटर तानिएका छन् ।

प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्