अवैध रूपमा भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ पक्राउ


 


काठमाडाैं । अवैध रुपमा भारत प्रवेश गर्न खोजेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल हुँदै सिद्धार्थनगर–काकरहवा क्षेत्रबाट उत्तर प्रदेश प्रवेश गर्न लागेका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले मंगलबार नियन्त्रणमा लिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पक्राउ परेकामध्ये सिचुआनका झोउ पुलिन र ह्वाङजिनबावाकी युआन युहान छन् । घटना भारतको सिद्धार्थनगर जिल्लाको नेपाल–भारत सीमा नजिकको हो । यहाँ एसएसबी र प्रहरीको संयुक्त टोलीले गस्ती गरिरहेको थियो । त्यतिबेला उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट दुईवटा चिनियाँ राहदानी, एउटा नेपाली पर्यटक भिसा र दुईवटा मोबाइल, दुईवटा नेपाली र दुईवटा चाइनिज सिम, दुईवटा साना झोलामा रहेका विभिन्न किसिमका नौ थान कार्ड बरामद गरिएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्