महावीर पुनले बिक्री गरे ५ करोड बढी मूल्यकाे पुस्तक


 


काठमाडौं, चैत १६ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले हालसम्म पाँच करोड रुपैयाँ भन्दा बढी मूल्यका पुस्तक बिक्री गरिसकेका छन् ।

विरगंजको कृषि औजार कारखानालाई नियमित रुपमा संचालनको लागि पुस्तक बिक्री गर्दै हिँडेका पुनले देशका २५ जिल्लामा पुग्दासम्म पाँच करोड रुपैयाँ बढी मूल्यका पुस्तक बिक्री गरेको बताएका हुन् ।

पुस्तक बिक्री गर्दै हिँड्नेक्रममा हाल उनी ८१ दिनमा अर्घाखाँची पुगेका छन् । तबसम्म उनले ७२ हजार पुस्तक बिक्री गरिसकेका छन् । विद्यार्थीको लागि मात्र ५० रुपैयाँ छुट गरि ७ सयमा बिक्री भएपनि अन्यको लागि एउटा पुस्तकको मुल्य ७ सय ५० रुपैयाँ तोकिएको छ । उनले आफैंले लेखेको ‘सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तकमा समेटिएको छ ।

कृषि औजार कारखाना संचालनका लागि सरकारले सम्झौता बमोजिम रकम नदिएपछि उनी आफ्नै पुस्तक निकालेर कारखाना सञ्चालनमा ल्याउने अठोट गरेर किताब बिक्री वितरण गर्दै देशव्यापी अभियानमा लागेका हुन् ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्