सुदूरपश्चिम सरकारबाट तत्काल बाहिरिन संसदीय दललाई अध्यक्ष श्रेष्ठको निर्देशन


 


काठमाडौं, चैत १६ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकार तत्कानल छाड्न सांसदलाई निर्देशन दिएकी छन् ।

पार्टी अध्यक्ष श्रेष्ठले आज सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई समर्थन फिर्ता लिन र सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन् ।

१४ गते पार्टी कार्यालय टीकापुरमा बसेको बैठक अनुसार सरकारबाट बाहिर आउन निर्देशन दिँदै पालना नभए पार्टीको विधानअनुसार अघि बढ्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

सुदूर सरकार भत्काउन र जोगाउने निर्णायक देखिएको नाउपामा सरकारमा रहने की छाड्ने भन्नेमा चर्को विवाद देखिएको छ ।

अध्यक्ष श्रेष्ठ सरकार छाडेर नयाँ गठबन्धनलाई साथ दिनुपर्ने पक्षमा रहँदा उनका श्रीमानसमेत रहका पार्टीका संरक्षक रेशम चौधरी कांग्रेस नेतृत्वको सरकारमा रहनुपर्ने पक्षमा छन् । जसले गर्दा पार्टीमा विवाद देखिएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्