त्रिवि सेवा आयोग सदस्यको लागि दरखास्त आह्वान


 


काठमाडौं, चैत १८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय ९त्रिवि० सेवा आयोगको रिक्त सदस्य पदको लागि दरखास्त आह्वान गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा सिफारिश समितिले सदस्य पदमा नियुक्तिका लागि ‘त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य छनोट तथा सिफारिशसम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त आह्वान गरेको हो ।

योग्य व्यक्तिले शिक्षा मन्त्रालयको वेबसाइटमा प्रकाशित कार्यविधिमा उल्लेखित कागजातसहित १९ देखि २८ चैतसम्म आवेदन दिन सक्नेछन् । गत मंसिरमा सेवा आयोगको सदस्य पद रिक्त भएको थियो ।

प्रकाशित मिति: १८ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्