तीन दलबीच एकीकरण, नयाँ पार्टी घोषणा


 


काठमाडौं, चैत १८ । नेपाल आमा पार्टी, नयाँ पार्टी नेपाल र नेपाल सुशासन पार्टीबीच एकीकरणको आइतबार घोषणा भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले एकीकरणको घोषणा गरेका हुन् । यी तीन दल मिलेर नयाँ पार्टी राष्ट्रिय मातृभूमि पार्टी बनाइएको छ ।

उनीहरूले गत फागुन २३ गते नै निर्वाचन आयोगबाट नयाँ दल ९राष्ट्रिय मातृभूमि पार्टी० दर्ताको प्रमाण पत्र लिइसकेको जानकार िदिएका छन् ।

राष्ट्रिय मातृभूमि पार्टी नेपालले शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने धारणा अगाडि सारेको छ। पार्टीको चुनाव चिन्ह तीन तारासहित काखमा बच्चा लिएकी आमा रहेको छ । यो पार्टीको अध्यक्षमा रामशरण पाण्डे छन् भने वरिष्ठ उपाध्यक्ष रोमलाल गिरी छन् ।

राष्ट्रिय मातृभूमि पार्टी देशभक्त दलको रुपमा स्थापित हुने उनको दाबी छ । कार्यक्रममा हालै रास्वपाबाट आबद्धता टुंग्याएका रमेश खरेलले राष्ट्रिय मातृभूमि पार्टीका नेताहरुलाई स्वच्छ मनले देशको उद्धार गर्न आग्रह गरेका थिए । उनले राष्ट्रिय मातृभूमि पार्टीमा आफू भने आबद्ध नरहेको बताएका थिए ।

प्रकाशित मिति: १८ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्