दुर्घटना मा  २ जनाको मृत्यु


 


बारा, पुस १८

बाराको पथलैया नजिक दुधौरा पुलमा गएराती  बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ५४ जना घाईते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही चिसापानी गाविस १ बस्ने १८ वर्षीय रबिना बैजु र सोही गाविस ५ बस्ने १९ वर्षीय संदेश बस्नेत रहेका छन् । नयाँ वर्षको अवसरमा हेटौंडाको सहिद स्मारकमा पिकनिक मनाएर फर्कदै गर्दा सर्लाहीको परबानीपुर गाविसस्थित श्री डिम जनता उच्च माविका बिद्यार्थीहरु चढेको ना ३ ख ७६६८ नंम्बरको बस दुर्घटना भएको हो ।

घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । घाइतेहरुको बिरगंज स्थित गण्डक हेल्थ केयर, विरगञ्ज हेल्थ केयर, नेशनल मेडीकल कलेज र सिमरास्थित तराई हस्पिटलमा उपचार भैरहेको छ । बसमा सिट क्षमता भन्दा बढी विद्यार्थी सवार रहेकाले चालकले गती नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । ३५ जनाको क्षमता रहेको उक्त बसमा ८५ जना विधार्थी सवार रहेका थिए ।

प्रकाशित मिति: १८ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्