रुसमा बेपत्ता भएकाहरूको परिवारद्वारा सिंहदरबारअगाडि प्रदर्शन


 


काठमाडौं, चैत १९ । रुसी सेनामा भर्ती भएर बेपत्ता भएका नेपालीका परिवार तथा आफन्तहरूले सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् ।

उनीहरूले सोमबार बिहान सिंहदरबारको मूलगेटअगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

यस्तै उनीहरूले रूस–युक्रेन जारी युद्धमा घाइते भएका नेपालीको निस्शुल्क उपचार, राहतको मागसमेत गरेका छन् ।

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्